बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विद्युत् सर्ट भएर खोटाङमा भीषण आगलागी

शनिबार, ०८ फागुन २०७२, १६ : ४१
शनिबार, ०८ फागुन २०७२

खोटाङ - विद्युत् सर्ट भएर शुक्रबार आगलागी हुँदा बाक्सिलामा नौ घर जलेर नष्ट भएका छन् ।

तामाङबस्ती रहेको उत्तरी गाविस बाक्सिला–२ पिपलडाँडाँको तामाङ बस्तीमा बेलुका अचानक विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

आगाले रु ४५ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताइएको छ । आगो बेलुकी ७ सात बजे मात्र स्थानीवासी र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

आगलागीमा परी घरमा भएका नगद, सुनचाँदी, खाद्यान्न, लत्ताकपडा, काठपात लगायत जलेपछि तामाङ परिवार बिचल्लीमा परेका छन् । उनीहरु छिमेकीकामा आश्रय लिएर बसिरहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप