सिरियाबारे रसियाको प्रस्ताव अस्वीकृत
संयुक्त राष्ट्रसंघ - संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा सिरियाका बारेमा रसियाले राखेको प्रस्तावलाई विश्व समुदायले नै अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा रसियाले सिरियामा टर्कीले आक्रमण गर्न नपाउने भनी प्रस्ताव गरेको थियो । सिरियाको छिमेकी देश टर्की र रसियाबीच बिगत लामो समयदेखि विवाद चल्दै आएको छ । सो विवादको क्रम हाल पनि जारी नै छ । सिरियामा बिगत पाँच वर्षदेखि गृहयुद्ध जारी रहेको छ । सिरियामा तुरुन्तै कुनै कदम नचालेमा त्यसको परिणाम झन्भन्दा झन नराम्रो हुदै जाने प्रतिक्रिया अमेरिकी विदेशमन्त्रीले हालै दिनुभएको थियो । विदेशमन्त्री केरीको सो प्रतिक्रियापछि शुक्रबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसिरहेको छ । सो बैठकमा रसियाले राखेको प्रस्ताव अन्य सदस्यहरुले अस्वीकार गरेका हुन् । सो बैठकको लगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले टर्किस् राष्ट्रपति रिसेप ताइप एर्दाेगेनलाई फोनगरी संयमतापूर्वक कामगर्न आग्रह गर्नुभएको बताइएको थियो । शुक्रबार भएको सो परिषदको आकस्मिक बैठकमा रसियाले सिरियाली सरकारी पक्षलाई अनावश्यक रुपमा संरक्षणको काम गरेको भन्दै त्यसको विरोध भएको थियो । उक्त बैठकपछि प्राप्त अर्काे एक समाचारअनुसार सिरियाली सरकारलाई सुरक्षा र संरक्षण गर्नेगरी सिरियामा आक्रमण नगर्न पनि रसियालाई आग्रह गरिएको बताइएको छ । अमेरिकाले रसियाले सिरियामा गरेको भनेको कारबाहीबाट सिरियाली सरकारी अधिकारी एवम् राष्ट्रपति बसर अल असदको संरक्षण र सुरक्षा प्रदान गरेको भन्दै अमेरिकाले सो आक्रमण तत्कालै रोक्न आग्रह गरेको हो । सिरियाको उत्तरी प्रान्त अलेपोमा सिरियाली सैनिकले हालैका दिनमा गर्ने गरेका आक्रमणहरुमा पनि रसियाली सैनिकको हात रहेको अधिकारवादीहरुले जनाएका छन् । उनीहरुले सो अक्रमणमा लगभग ५ सय व्यक्तिको मृत्यु भएको र अरु हजारौँले देश छोडेर भाग्न खोजिरहेको जनाइएको छ । त्यस क्षेत्रमा अधिकारवादीहरुका साथै अरु पनि कोही पुग्न नसकेको जनाइएको छ । यस नगरमा यही फेब्रुअरीको सुरुदेखि नै सिरियाली विद्रोही र आतङ्ककारीलाई लक्ष्यगरी गरेको यस आक्रमणहरूमा कैयौं सर्वसाधारणले पनि ज्यान गुमाएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । दक्षिणी टर्कीसँग सीमा जोडिएको यस क्षेत्रमा रहेको अलपो प्रान्तमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा सफलता प्राप्त भएको सिरियाली सैनिकले दाबी गर्ने गरेपनि ती क्षेत्रमा भएका कारबाहीहरुमा सर्वसाधारण नै बढी पर्ने गरेका छन् । सिरियामा शान्ति स्थापनाका कार्यहरु पछिल्लो समयमा आएर गति लिने गरेको भएपनि त्यसमा सफलता प्राप्त हुन भने सकिरहेको छैन । त्यसैगरी पछिल्लो पटक गत हप्तामात्र पनि जर्मनीमा सिरियाली समूहका विदेशमन्त्रीहरुको बैठक बसेको थियो । सो बैठकबाट पनि सिरियामा शान्ति स्थापनाको काम सफल हुन सकेको छैन । सिरियाली सहयोग समूहका विदेशमन्त्रीहरुको उक्त बैठकमा सिरियामा आगामी केही दिनमा नै युद्धविरामका लागि आग्रह गरिने बताइएको थियो । तर यस विषयमा सिरियाली विद्रोही तथा सरकारका बीचमा कुनै छलफल भने भएको छैन । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण