महोत्सवमा दर्शकको घुईँचो
परासी – नवलपरासीको सुनवलमा सुरु भएको पश्चिमाञ्चल स्तरीय दोश्रो औद्योगिक व्यापार मेलामा दर्शरुकहको घुईचो लागेको छ । मेलाको आज ९ औं दिन शनिबार झन्डै २० हजार दर्शकले मेला अवलोकन गरेका छन् भने मेलामा आर्थिक कारोबार करिब ८० लाख भएको छ । उद्योग बाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यपार मेलाको विभिन्न आकर्षण तथा मेलाको उचित व्यवस्थापनले मेला अवलोकनकर्ताहरुको भिडभाड हुने गरेको मेला प्रवक्ता तथा उद्योग वाणिज्य संघ महासचिव गिरीराज पाण्डेले बताए । मेलामा दर्शकहरुको भिडभाड भएपछि मेलामा आर्थिक कारोबार पनि बढेको हो । खास गरि मेलामा सजाइएको आईटीका ईन्टल र सवारी साधनहरुको विक्रीमा बढि कारोबार भएको प्रवक्ता पाण्डेले बताए ।
मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशनीले भारतको उत्तर तथा विहार प्रदेश र जिल्लाको ग्रामिण क्ष्ँेत्र लगायत सबै क्षेत्रका जनताहरुको बाक्लो उपस्थिति रहेको पाइएको छ । मेलामा मुख्य आकर्षणको रुपमा रहेको रामग्राम स्तुपको आकारको मुख्य प्रवेश द्धार, आईटी, कृषि, सवारी साधनहरुको ईन्टल, बाल उद्यान र सांस्कृति मन्च तथा राष्टिय स्तरका कलाकारहरु रहेको संघका सदस्य एवं सांस्कृति कार्यक्रमका संयोजक शंकर नेपालले बताउनु भयो । प्रदर्शनी मेलामा राष्टिय स्तरका लोक गायक दिपक खडका, रमेश भटराई, बद्री पंगेनी, जानकी तारमी मगर र हास्य कलाकार राजा राजेन्द्र पोख्रेलेका बेजोड प्रस्तुती रहेको थियो । ति कलाकारहरुको कला तथा सांस्कृति प्रस्तुतीले मेला अवलोकनकर्ताहरुलाई निकौ लोभ्याएको संयोजक नेपालले बताए ।
प्रर्दशनीमा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु गरि ३ सय भन्दा बढि ईन्टलहरु राखिएका छन् । मेलामा आउने दर्शकहरुलाई जिल्लाको बिभिन्न ऐतिहासिक पुरातात्वीक एवं धार्मीक तथा पर्यटकीय स्थलहरुको बारेमा वृत्तचित्रमाफर्त जानकारी गराउने समेत कार्य भैरहको संघले जनाएको छ । यस दुईसाताको मेलाबाट संघले सात करोडको कारोबार हुने र करिब ३ लाख दर्शकले मेला अवालेकन गर्ने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण