जवाहरलाल नेहरु प्रकरण उछाल्ने बनावटी भिडियोको कथा
नयाँ दिल्ली – जवाहरलाल नेहरु विश्वविद्यालयको प्रकरणले भारतमा ठूलो बहसको सृजना गरेको छ । तर, पछिल्ला प्रमाणहरुले के देखाएका छन् भने जुन भिडियो यो प्रकरणको शुरुवात गर्यो, उक्त विवादास्पद भाइरल भिडियो खासमा बनावटी थियो । यसै भिडियोका कारण भारतीय जनता दुई ध्रुवमा बाँडिएका थिए । यस भिडियो सार्वजनिक भएपछि अहिले राष्ट्रवादका नाममा भारतमा राजनैतिक नाटक मन्चन भइरहेको छ । भारतमा एक विद्यार्थीले विखण्डनको पक्षमा दिएको भनिएको नारा वास्तवमा ‘मेकअप गरेर’ तयार गरिएको रहेछ । त्यसैले भारतको प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयमा घटेको यो घटनालाई दुई कोणबाट विश्लेषण गर्नु आवश्यक छ । कन्हैया कुमार भारतका प्रभावशाली विद्याथी नेता हुन् । उनले भर्खरै अफजल गुरुले मृत्युदण्ड पाउन नहुने तर्क गरे । यसअघि भारतले आतंककारीको आरोपमा अफजल गुरुलाई मृत्युदण्ड दिएको थियो । कन्हैयाले अफजललाई मृत्युदण्ड दिनु हुदैँन थियो मात्रै के भनेका थिए उनीमाथि अराष्ट्रवादी र विखण्डनकारीको उपमा लगाइयो । भारतका अधिकारीहरुले तत्कालै उनलाई कारबाही गरे । उनी पक्राउ परे र प्रहरी हिरासतमा पुगे । कतिपयले भने यो देश परिवर्तनको महत्वपूर्ण समय रहेको प्रतिक्रिया दिए । यो विषयले भारतमा ठूलो बहस निम्त्यायो । त्यसपछि भिडियो भाइरल बन्यो । यसलाई भारतका थुपै्र न्यूज च्यानलहरुले प्रशारण गरे । यस भिडियोमा कन्हैया कुमारले भाषण गरिरहेका छन् । उनले जवाहरलाल नेहरु नेहरु विश्वविद्यालयमा गरेको भाषणा भारत विरोधी तथा अराष्ट्रवादी प्रकृतिको रहेको दाबी गरियो । उनले र्यालीमा गरेको सम्बोधनको भिडियो फूटेज देखाउँदै न्यूज एक्सले बनाएको हेडलाइन्समा कन्हैया कुमारको घृणित अराष्ट्रवादी गतिविधी टेपमार्फत सार्वजनिकसम्म भन्न भ्यायो । यस भिडियोमा कन्हैया कुमारले आजादी अर्थात स्वतन्त्रताको नारा लगाएका छन् । उनी चिच्याएका छन् : ‘हामीले हाम्रो स्वतन्त्रता पाउनेछौ ।’ उनले भनेको यही वाक्य न्युज एक्समा बारम्बार दोहोर्याएर देखाइयो । उनीमाथि काश्मिर भारतबाट स्वतन्त्र हुनेपर्ने माग गरिरहेको आरोप लगाइएको छन् । यही विषयका लागि अफजल गुरुले लडेका थिए । न्युज एक्सको दाबी अनुसार उनको भारत विरोधी मानसिकताको गतिलोे प्रमाण यही नै हो । तर अहिले भिडियो फुटेज कति बनावटी रहेको भन्ने यथार्थ बाहिर छर्लंगै देखिएको छ । यस कार्यक्रमको पूर्ण भिडियो सार्वजनिक भइसकेपछि भारत सरकारनै अप्ठ्यारोमा परेको छ । नयाँ भिडियो हेर्नेलाई प्रस्टै के थाहा हुन्छ कि पुरानो भिडियोलाई सम्पादन गरेर काँटछाँट गरिएको थियो । एबिपि मिडियाले सार्वजनिक गरेको नयाँ फुटेजले प्रस्ट देखाएको छ, कन्हैया कुमारले देशबाट होइन गरिबीबाट स्वतन्त्रताका लागि अपिल गरका थिए, सामन्तवादबाट स्वतन्त्रताका लागि अपिल गरेका थिए, ब्राम्हणवादबाट स्वतन्त्रताका लागि अपिल गरेका थिए । उनले असमानता र रक्तपातपूर्णस्थितीबाट स्वतन्त्राको माग गरेका थिए । तर भारतबाट छुट्टिने स्वतन्त्रता मागेका थिएनन् । उनका कुनै पनि शब्दहरु भारत विरोधी नरहेको र उनका कुनै पनि नाराहरुले अराष्ट्रवादी भाव नपोखेको नयाँ भिडियोले देखाएको छ । तपाईले सम्पादन गरिएको पहिलो भिडियोलाई अर्का व्यक्तिले लेखेका छन् – न्यूज एक्सले यस्तो पत्रकारिताका लागि माफी माग्नुपर्छ । स्तब्ध छु । एबीपि न्यूजले नयाँ भिडियो सार्वजनिक गरेपनि सबै व्यक्तिहरु अहिलेसम्म यस प्रकरणमा कन्हैया कुमार सही रहेको मान्न तयार छैनन् । एकजनाले लेखका छन् : एबीपि न्यूजले राखेको यो भिडियो नै फेक छ । प्रहरीसँग कन्हैया कुमारमाथि मुद्धा चलाउन ९० दिनको समय छ । तर कन्हैया जमानतमा छुट्न चाहे अब प्रहरीले त्यसको प्रतिवाद नगर्ने बताएको छ । राज्यद्रोहको मुद्धामा जमानत पाउनु भनेकै आरोपितले मुक्ती पाउनु सरह हो । बिबिसी हिन्दीका अनुसार विवादास्पद यस भिडियोले कन्हैया कुमार प्रकरणमा भूमिका खेलेको कुनै पुष्टि अहिलेसम्म भएको छैन् । अब त्यसो भए भारतको समय परिवर्तन कता गयो ? किन कन्हैयाकुमार राष्ट्रिय चासोको विषय बने ? यो भारतीय जनता पार्टीको सरकारले उदाहरवादीहरु विरुद्ध गरेको दमनको पछिल्लो स्वरुप मात्रै हो । उदारवादीहरुले भारतमा असहिष्णुता बढेको बताउँदै आएका छन् । विपक्षीहरुको आरोप के छ भने भारतमा रहेका हिन्दू उग्रवादीहरुले बिजेपीको सफलता र नरेन्द्र मोदी प्रधानमन्त्रीमा चुनिएसँगै राष्ट्रवादको खाक्रो नारा घन्काउँदै आएका छन् । उनीहरु यस क्रममा अल्पसंख्यकको अधिकारको रक्षा गर्न असफल छन् । अब यो बहस अझै गरिहराईमा पुगेको छ । बिबिसीबाट साभार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण