बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेर आत्महत्या

शनिबार, ०८ फागुन २०७२, १७ : ५०
शनिबार, ०८ फागुन २०७२
झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । बिर्तामोड नगरपालिका २ चारपाने स्थितमा अन्दाजी ६० वर्षीय तन बहादुर राजबंशीले ३६ वर्षीय श्रीमति शान्ती राजबंशीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् । घटनाको जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु कुमार थापा नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले शान्तीलाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला पारेको थियो भने तन बहादुरलाई घर भित्र रहेको बासको बलोमा नाईलनको डोरीको पासो बनाई झुण्डीएको अवस्थामा मृत फेला पारेको थियो । थापाले बहादुर राजबंशीको शरिरमा रगत जस्तो रातो पदार्थ लागेको हुदा उनले श्रीमतीको धारिलो हतियारले प्रहार गरी हत्या गरि आफु समेत झुण्डिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । यसबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप