बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘मोर्चाका शीर्ष नेताका कारण मधेस आन्दोलन असफल’

शनिबार, ०८ फागुन २०७२, १७ : ५९
शनिबार, ०८ फागुन २०७२

काठमाडौं–मधेसी मोर्चाका शिर्ष नेताहरुका कारण मधेस आन्दोलन अधिकार प्राप्त नगरी समाप्त भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शनिबार काठमाडौँको संवाद डबलीमा मधेसी जनता पार्टीको बुद्धिजीबि विभागले आयोजना गरेको ‘संविधान संशोधनले मधेसीको अधिकार सुनिश्चितता, सम्भावना र विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् । देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले भारतको सहयोगमा मधेसी जनताले अधिकार पाउँछन् भन्ने भ्रम छरेको भन्दै अधिकार मधेसीकै बलबुताले पाउने बताए । ‘स्वाघोषित शिर्ष नेता बनेकाहरुबाटै मधेस आन्दोलन सफलतामा पुग्न सकेको छैन’ अध्यक्ष परियारले भने । अधिकारको लागि लड्नेहरु कहिलै राष्ट्रघाती र विखण्डनकारी नहुँने भन्दै परियारले ‘नेपालमा ढाका टोपी र दौरा–सुरुवाल लगाउनेहरुबाटै राष्ट्रघात भएको छ, धोती लगाउँनेहरुले अहिलेसम्म राष्ट्रघात गरेका छैनन’ भने । उनले अहिलेका मधेसी मोर्चाका नेताहरुबाट भने खतरा रहेको बताए । पूर्वमन्त्री तथा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले तीन पार्टीले मधेसीसँग छलफल नै गरी संविधान संशोधन गरेकाले समस्या समाधन नहुँने बताए । ‘शासक आन्दोलनकारीलाई अधिकार दिने भन्दापनि फुटाएर असफल बनाउँन लाग्छ अहिलेपनि फुटाएर आन्दोलन असफल बनाइएको छ’ साहले भने । उत्पीडित वर्ग र क्षेत्रले पाएको अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै सबैले एकजुट भएर आन्दोलन गर्नुपर्ने अध्यक्ष साहले बताए । कार्यक्रममा मधेसी जनता पार्टीका अध्यक्ष महेश साह कलवारले मधेसी जनताको अधिकार सुनिश्चित नगरेकाले पुर्नलेखन नभएसम्म संविधान नमान्न नसकिने बताए ।

कार्यक्रममा डा. रामेश्वर सिंहले विखण्डनबाट मधेसको विकास नहँुने बताउँदै मधेसी विखण्डनको पक्षमा नरहेको बताए ।

प्रा.डा. निरन्जन झाले संविधान संशोधन हात्तिको देखाउँने दात मात्र भएको भन्दै मधेसको समस्या समाधान नभएको बताए । त्यस्तै मोहमद अलीले मधेसी जनता नेपाली नागरिक भएपनि मधेसमा आगो लाग्दा र मानिस मर्दा समेत काठमाडौँले कुनै मतलब नराखेको बताए । सोही कार्यक्रममा मधेसी बुद्धिजीवि ओलोक तिवारीले मधेसलाई राज्यले हेर्ने दृष्टिकोणमा खोट भएकाले समस्या समाधान हुँन नसकेको बताए । मधेसी युथ थिङ्कका अध्यक्ष डा.विनय पञ्जियारले मधेसी मोर्चाको स्वार्थ पूरा गर्ने भनेपछि मधेस आन्लोलन असफल भएको बताए । अभिबक्ता रोषन झाले मधेसी मोर्चाले मधेसी जनतालाई धोका दिएको भन्दै नयाँ शक्ति नआएसम्म मधेसीको अधिकार सुनिश्चित नहुँने बताए । मधेसी जनता पार्टीको बुद्धिजीवि विभागको संयोजक सियाराम साहले पटकपटक असफल भएको मधेस आन्दोलनको आफूहरुले नेतृत्व गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप