आगलागी पीडितलाई राहत सामाग्री वितरण
शनिबार, ०८ फागुन २०७२, १८ : ०२
रोल्पा–गत बुधबार रोल्पाको जेदबाङ–८ मा भएको आगलागीबाट पीडित सात घरपरिवारलाई जिल्लास्थित केही सरकारी तथा गैरसरकारी संस्थाहरुले सामुहिक राहत सामाग्री वितरण गरेका छन् । उनीहरुलाई जेदबाङ गाविसको कार्यालयको आयोजनामा शुक्रबार उक्त राहत सामाग्री वितरण गरिएको हो ।
पीडित सात घरपरिवारलाई रेडक्रस सोसाइटी रोल्पाले प्रतिपरिवार दुई थान कम्बल, एक थान त्रिपाल, एक सेट स्कुल ड्रेस, एक–एक थान धोटी र पेटीकोट, बाल्टी, डेक्ची, डाडु–पन्यू एक–एक थान, थाली तीन थान, कचौरा र गिलास दुई–दुई थानका दरले वितरण गरेको रेडक्रस रोल्पाका सभापति नौलसिंह पुनमगरले जानकारी दिए ।
त्यस्तै जिल्ला विकास समिति रोल्पा, रोल्पा उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ रोल्पा लगायतले संयुक्त रुपमा प्रति परिवारलाई दुई बोरा चामल, चार किलो दाल, चार किलो चिनी, दुई पोका नुन, एक लिटर खाने तेल र १०÷१० किलोका दरले च्यूरा वितरण गरेको बताइएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ रोल्पाको सहयोगमा प्रति परिवार एक÷एक थान कम्बल समेत वितरण गरिएको महासंघका सचिव इश्वरी जीएमले जानकारी दिइन् ।
राहत सामाग्री वितरणका लागि सदरमुकाम लिबाङबाट गैरसरकारी संस्था महासंघ रोल्पाका सहसचिव अर्जुन डिसी, नेपाल रेडक्रस सोसाइटी रोल्पाका बुद्धिराम गोसाई, मोकर्ण पुनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका कोषाध्यक्ष माधवकुमार ओली जेदबाङ पुगेका थिए । गाविस सचिव अमरसिंङ पुन तथा स्थानीयवासीको समन्वयमा राहत वितरण गरिएको गैसस महासंघ रोल्पाका सहसचिव अर्जुन डिसीले बताए ।
गत बुधबार लागेको आगोमा परी ६० वर्षिय नरवीर कवरको ज्यान गएको थियो भने ७ घर, २ भैसी, ३ बाख्रा र ३ मकै राख्ने ओरिम गरी करिब ५० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो । सोही क्रममा जेदबाङ–३ का नरबहादुर कवर, भीमबहादुर कवर, वीरभान कवर, नन्दीकला गिरी, पूर्णमाली कवर, विरु कवर, गौसरी कवर, दिलकुमारी कवरको घर पूर्णरुपमा जलेका थिए ।
यो पनि पढ्नुहोस्
आगलागीमा परि एकको मृत्यु, ७ घर जले
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण