बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेस गुल्मीको सभापतिमा श्रेष्ठ र पन्थी भिड्दै

शनिबार, ०८ फागुन २०७२, १८ : २२
शनिबार, ०८ फागुन २०७२

गुल्मी  – नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशनको पहिलो चरणको मत परिणाम अनुसार सभापतिमा भुवनप्रसाद श्रेष्ठ अग्रस्थानमा रहेका छन् । त्यस्तै सचिवमा खिलध्वज पन्थी विजयी भएका छन् । अधिवेशन स्थलबाट पत्रकार समेत रहेका सो पार्टीका कार्यकर्ता छविलाल पाण्डेले दिएको जानकारी अनुसार सभापतिका उमेदवार भुवनप्रसाद श्रेष्ठले ३ सय ४६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी शालिक पन्थीले २ सय १ मत ल्याएका छन् । ८९ मतले अग्रता ल्याएका छन् । सभापतिका अन्य उमेदवारहरु छन्दबहादुर पहराईले १ सय ३६ मत , वेद थापा मगरले ८८ मत र अर्का दामोदर भुसालले ७७ मत ल्याएका छन् । त्यस्तै सचिव पदका उमेदवार खिलध्वज पन्थीले प्रतिस्पधी महेन्द्र भण्डारी भन्दा भारी मत ल्याएर विजयी भएका छन् । पन्थीले ४ सय ४१ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्थी भण्डारीले १ सय ४३ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा हरिबहादुर खत्री .( हरी केसी ) ३ सय ४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी रमेशकुमार भण्डारीले २ सय ४८ मत र हिरासिंह सारङकोटीले २ सय २१ मत ल्याएर पजाजय भएका छन् । कांग्रेसको विधान अनुसार पहिलो चरणमा ५१ प्रतिशत ल्याउनु पर्छ । तर सभापतिका उमेदवार श्रेष्ठले ५१ प्रतिशत मत ल्याउन नसके पछि निकटतम प्रतिद्वन्द्वी पन्थी संग दोश्रो चरणको चुनावी मैदानमा भिड्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप