कोइरालाको तेह्रौँ दिनको शुद्ध शान्ति सम्पन्न (फोटोफिचर)
काठमाडौँ - नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको तेह्रौँ पुण्य तिथिको अवसरमा आज शुद्ध शान्ति आयोजना गरियो ।
महाराजगञ्जस्थित डा शशाङ्क कोइरालाको निवासमा आज उहाँको तेह्रौँ दिन गरिने धार्मिक कृत्य सम्पन्न भएको छ ।
संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको सातदशक लामो इच्छा कोइरालाकै प्रधानमन्त्रीत्वकालमा विसं २०७२ असोज ३ गते पूरा भएको थियो ।
नेपालको राजनीतिमा सादगी राजनेताको परिचय बनाउनुभएका कोइरालाको विसं २०७२ माघ २६ गते विहान असामयिक निधन भएको थियो । क्यान्सरलाई जितेर नयाँ जीवन पाएका कोइरालाको निमोनियाका कारण दुःखद निधन भएको थियो ।
सभापति कोइरालाको काजकिरियामा उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइराला बस्नुभएको थियो । शुद्ध शान्तिको धार्मिक कृत्य सकी आजै मलामीलाई तेह्रौँ दिनको प्रसाद वितरण भएको कोइरालाका भाञ्जा रमेश शर्मा भण्डारीले जानकारी दिए ।
नेकाका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, पार्टीका पदाधिकारी एवम् काँग्रेस नेता कार्यकर्तालगायत सर्वसाधारणको महाराजगञ्जमा उपस्थिति थियो ।
कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी केन्द्रीय समितिले भोलि रत्नपार्कस्थित शान्तिबाटिकामा शोकसभा आयोजना गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण