बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अपराजित यात्रासँगै बार्सिलोनालाई ९ अंकको अग्रता

आइतबार, ०९ फागुन २०७२, ०९ : ३८
आइतबार, ०९ फागुन २०७२

बार्सिलोना – बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायम राख्दै स्पेनिस ला लिगामा आफ्नो अग्रता ९ अंकमा पुर्याएका छ । शनिबार राती लास पालमासलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्साले लिगमा आफ्नो अग्रता फराकिलो बनाएको हो । लगातार आठौं खेलमा जीत निकाल्ने क्रममा बार्सिलोनाका लागि लुइस सुवारेजले खेलको छैटौं मिनेटमा नै आफ्नो टोलीलाई अग्रता दिलाए । यस सिजन लिगमा सुवारेजको यो २५ औं गोल हो । पछिल्ला ७ खेलमा उनले १२ गोल गरिसकेका छन् । तर, बार्सिलोनाको कमजोर डिफेन्सको फाइदा उठाउँदै विलायन जोसेले पालमासलाई खेलमा फर्काएका थिए । पहिलो हाफको अन्त्यतिर नेयमारले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा कुनै गोल हुन सकेन र बार्सिलोनाले २–१ ले खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । २५ खेलपछि बार्सिलोनाको ६३ अंक रहेको छ । एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिडको ५४ र रियल म्याड्रिडको ५३ अंक रहेको छ । बार्सिलोनाले मंगलबार च्याम्पिन्यस लिगमा आर्सनलको समना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप