प्रधानमन्त्री ओलीको ब्रिफिङ, ‘भारतसँगको सम्बन्धमा सुधार’
नयाँदिल्ली – भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गरे ।
प्रधानमन्त्रीले भारतसँग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसँगको राजनीतिक सम्बन्ध पुनः स्थापित भएको उल्लेख गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य राजनीतिक सम्बन्ध सुधारमा केन्द्रित रहेकाले भ्रमण त्यस अर्थमा सफल रहेको दाबी गरे ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमण दुई देशको राजनीतिक सम्बन्ध र आर्थिक विकासका सन्दर्भमा उपलब्धिमूलक रहेको बताएका थिए ।
छदिने भ्रमणको दोस्रो दिन शनिबार हैदरावाद हाउसमा भएको आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता, दुई पक्षीय छलफल, केही सम्झौतामा हस्ताक्षर, भारतका राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्चपदस्थसँगको भेटबाट आपसी सम्बन्ध सुदृढ भएको मानिएको छ । दुई देशबीचको उच्चस्तरीय वार्तापछि नेपालको भूकम्पपछि पुनःनिर्माण, तराईको सडक पूर्वाधार विकासलगायत सात विषयमा सम्झौता हुनुका साथै मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन उद्घाटन भएको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भारतीय समकक्षी नरेन्द्र मोदी र दुई पक्षीय वार्ताबाट प्रधानमन्त्री ओली सन्तुष्ट देखिएको बताए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधारमा सघाउ पुगेको धारणा राखे ।
प्रधानमन्त्री उत्तराखण्ड जाँदै
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आज विश्वकै लामोमध्येको एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेह्री जलविद्युत् बाँधको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली आजै नयाँदिल्ली फर्केर यहाँस्थित राजनीतिक दलका नेतासँगको भेटघाटमा व्यस्त रहनेछन् । उहाँले आज यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण