शून्य सिकार अवधिमा कालगतिबाट १६ गैँडा मरे
चितवन - दुर्लभ एकसिङ्गे गैँडाको चोरी सिकारी पूर्णरुपमा नियन्त्रण भए पनि विभिन्न कारणबाट गैँडा मर्ने क्रम भने रोकिएको छैन । प्राकृतिक कारणलाई संरक्षणका दृष्टिले नराम्रो नमानिए पनि यसरी धेरै गैँडा मर्दा सङ्ख्या वृद्धिमा भने चुनौती देखिएको छ ।
विसं २०७१ मा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कारणबाट १० वटा गैँडा मरेका छन् । जब कि ०७२ वैशाख २० गतेपछि हालसम्म चोरी सिकारीबाट भने गैँडा मारिएका छैनन् । यसै अवधिमा यस वर्ष छवटा सहित १६ वटा गैँडा विभिन्न कारणबाट मरेका छन् । जसलाई प्राकृतिक कारण भनिन्छ ।
निकुञ्जको तथ्याङ्कअनुसार गत वर्षको वैशाखमा दुई, भदौमा दुई, असोजमा एक, मङ्सिरमा दुई, पुसमा दुई र फागुनमा एकवटा गैँडा मरेका छन् । विसं ०७२ लागेपछि वैशाखमा एक, भदौमा एक, असोजमा एक, कात्तिकमा एक, पुसमा एक र माघमा एकवटा गैँडा मरेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार ती गैँडा, बाघ तथा गोहीको आक्रमणबाट, एकापसमा जुधेर, खोलाले बगाएर, करेन्ट लागेर, घोलमा डुबेर र कालगतिले मरेका हुन् ।
यसरी मरेका गैँडा डेढ वर्षदेखि ३५ वर्षसम्म उमेरका रहेको उहाँले बताउनुभयो । गैँडाको आयु ५० वर्षको हाराहारी हुने गर्दछ । गैँडा चोरी सिकारीले मारिँदा र रोग लाग्दा यसको नियन्त्रणका लागि विशेष चनाखो हुने गरिएको भए पनि प्राकृतिक कारणबाट मर्दा भने नियन्त्रणका लागि कम चासो देखाइँदै आएको छ । निकुञ्जभित्र रहेका जनावरले एकले अर्काेलाई आक्रमण गर्नु, मांसहारीले अर्काे जनावर खानुजस्ता कार्य जैविक हिसाबले उपयुक्त नै मानिँदै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार, ६०५ वटा गैँडा रहेका छन् । देशभरमा यो सङ्ख्या ६४५ रहेको छ । सशस्त्र द्वन्द्वताका गैँडाको चोरी सिकारी अत्यधिक बढेपछि यो सङ्ख्या निकै घटेको थियो । पछिल्लो समय शून्य सिकार हुन सफल भएसँगै गैँडाको सङ्ख्यामा अरु वृद्धि भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण