बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

आइतबार, ०९ फागुन २०७२, १० : ०३
आइतबार, ०९ फागुन २०७२

सिरहा – सिरहाको सिलोर्वामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । जिल्लाको सिलोर्वा पछुवारी–३ को भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आईरहेको स. १ त २७६७ नम्वरको ट्याक्टर गत राती अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा रामपुरविर्ताका २८ वर्षीय सत्यनारायण मण्डलको मृत्यु भएको हो भने सहचालक लक्ष्मी सहनी घाइते भएका छन् । उनको उपचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमामा भईरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मण्डलको सव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप