यूएईमा निधन भएका पोखरेलको परिवारलाई आर्थिक सहयोग
काठमाडौं–बिगत लामो समयदेखि वैदेशिक रोजगारीकाको शिलशिलामा यूएईको अल एन स्थित एक क्याट्रिङ कम्पनिमा कार्यरत गोरखा जिल्ला फुजेल निवासी कृष्ण प्रसाद पोखरेलको केहि पहिला हृदयघातको कारण मृत्यु भएको थियो। अत्यन्तै मिलनसार तथा सहयोगी भावनाका स्व पोखरेल गोरखा सेवा समाज यूएई को सदस्य थिए। आर्थिक अवस्था कमजोर भएका पोखरेलका सहयोगार्थ वीर गोर्खाली राष्ट्रिय एकता नेपाली र गोरखा समाज यूएईको पहलमा रु दुई लाख संकलन गरेको थियो। सो संकलित रकम गत शुक्रबार गोरखा सेवा समाज यूएईका पुर्व अध्यक्ष भिम श्रेष्ठ र वीर गोर्खाली राष्ट्रिय एकता नेपालीका वरिष्ठ सल्लाहकार बिमल क्षेत्रीले स्व पोखरेलको श्रीमती दुर्गा पोखरेल, आफन्त बुद्धिजीवी तथा सन्चारकर्मीहरूकोबिच एक कार्यक्रम आयोजन गरि हस्तान्तरण गरिएको थियो।
सो हस्तान्तरण कार्यक्रममा बोल्दै गोरखा सेवा समाज यूएईको पुर्व अध्यक्ष भिम श्रेष्ठले यो सहयोगलाइ धनको रुपमा नलिइ गोर्खालीहरुको मन दिएको भन्ने बुझ्न आग्रह गरे। गोरखा सेवा समाज यूएई सुख दुखमा संगै साथ रहने कुरा पनि बताए । सोही कार्यक्रममा वीर गोर्खाली राष्ट्रिय एकता नेपाली का बरिस्ठ सल्लाहकार बिमल अधिकारीले यो सहयोगले केही गर्न नसके पनि यी दुई बालबालिका को शिक्षा दीक्षा मा सहयोग पुग्ने उदेश्यले नेपालबाट राष्ट्रिय कलाकारहरु प्रकाश कटुवाल सान्ती श्री र मरिचमान श्रेष्ठ ूबल्छी धुर्बेू लगेर साङितिक कार्यक्रमको अभियान चलाएको बताए । स्व कृष्ण प्रसाद पोखरेल को धर्मपत्नी दुर्गा पोखरेल भाबुक र गहभरी आसु पार्दै सहयोगी यी हात हरुको मन लाई कहिले भुल्न नसक्ने र जुन उदेश्यले सहयोग गर्नु भएको छ त्यही बालबालिका को शिक्षामा केन्द्रित रहने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण