बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ग्याँस बिक्रेता महासंघमा नयाँ कार्यसमिति

आइतबार, ०९ फागुन २०७२, १० : ५८
आइतबार, ०९ फागुन २०७२

काठमाडौं – ग्याँस विक्रेता महासंघले ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । चितवनमा सम्पन्न महासंघको तेश्रो राष्ट्रिय अधिवेशनले सर्बसम्मत रुपमा ५७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको बरीष्ठ उपाध्यक्षमा अर्जुन प्रसाद देवकोटा, महासचिवमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन् । समितिका उपाध्यक्षहरु सहदेव श्रेष्ठ, गणेश झा, निर्मला श्रेष्ठ, नारायण पौडेल, महेश्वर श्रेष्ठ, सुवास प्रधान, अनन्त भण्डारी, डिल्लीराम चौलागाई रहेका छन् । समितिको उप महासचिवमा राम प्रसाद ज्ञवाली, सविच कृष्ण प्रसाद गैरे, बसन्त गौतन, राम प्रसाद गैरे, यज्ञ प्रसाद भट्टराई र कोषाध्यक्षमा अर्जुन खत्री रहेका छन् । सबै जिल्लाको प्रतिनिधित्व हुने गरी सर्बसम्मत नयाँ कार्यमिति निर्वाचित गरीएको महासचिव थापाले बताए । नयाँ कार्यसमितिले विक्रेता प्रमाणीकरण र उपभोक्ता कार्ड कार्यान्वयनका लागि पहल गर्ने भएको छ । ‘ग्याँस सहज आपूर्तिएको लागि सरकारलाई सहयोग गरीरहेको र आगामी दिनमा यो क्षेत्रको सुधारका लागि सरकारका काममा सहयोग गर्ने छ’ महासचिव थापाले भने । अधिवेशनले ग्याँस विक्रीवितरणलाई व्यवस्थीत गर्ने र सरकारलाई सहयोग गर्ने समेत निर्णय गरेको छ । कतिपय ग्याँस उद्योगले बजारमा सिलिण्डर बाँडेको भएपनि अहिले सबै सिलिण्डरमा ग्याँस भरेर दिन नसकेकोले ग्याँस दिन नसक्ने कम्पनीको परीभाषा अनुसार सिलिण्डर फिर्ताका लागि पहल गर्ने पनि निर्णय गरेको छ । अहिले अत्यन्तै न्यून मुनाफामा काम गर्नुपर्दा विक्रेताहरु धमाधम पलायन भैरहेको र उपभोक्तालाई समेत समस्या परेकोले लगानीको आधारमा प्रतिशतमा मुनाफाका लागि आवस्यक पहल गर्ने पनि निर्णय गरेको महासचिव थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप