जलवायू परिवर्तनको समाना गर्न दर्जन योजना निर्माण
जाजरकोट– यहाँ सञ्चालनमा रहेको जलवायु परिवर्तन सहयोग कार्यक्रम प्रभावकारी वन्दै गएको छ । विभिन्न ८ क्षेत्रलाई केन्द्रमा राखेर जाजरकोटमा सञ्चालन भएको यो कार्यक्रमले संकटासन्न समुदायको अनुकुलन क्षमता अभिवृद्धि दर्जनौ योजना सम्पन्न गरेको छ । जिल्लामा खास गरी कृषी पशु तथा खाद्य सुरक्षा, वन व्यवस्थापन तथा जैविक विविधता, वैकल्पिक उर्जा, जलवायुजन्य प्रकोप एवम भौतिक संरचना, मानविय श्रोत क्षमता विकास तथा जीविकोपार्जन, मानव स्वास्थ्य, अनुगमन तथा मुल्याङकण र जिल्ला कार्यक्रम रहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जिल्ला आयोजनाले जानकारी दिएको छ । तीन वर्ष पहिले जिल्लाका पजारु, सुवानाउली, लहँ, ढिमे, अर्छानी, जुँगाथापाचौर गाविस र भेरीमालिका नगरपालिका ( साविकका खलंगा र भुर गाविस) मा कार्यक्रम लागु भएको छ । कार्यक्रम लागु भएदेखी अहिले सम्मा ३५ वटा खानेपानी योजना निर्माण, ८ वटा खानेपानी योजना मर्मत, १० वटा मुहान संरक्षण र ३ वटा कुँवा निर्माण गरी एक हजार ७१ घरधुरीलाई सहज खानेपानी सेवा उपलब्ध गराएको छ । त्यसै गरि ३ वटा सिंचाई कुलो निर्माण, ७ वटा सिंचाई कुलो मर्मत र १२ वटा प्लाष्टिक पोखरी निर्माण गरि जसवाट एक हजार ५४ घरधुरी लाभान्वित भएको कार्यक्रम संयोजक दिपक रावलले जानकारी दिए । उनले ४ वटा सुधारिएको पानी घट्ट निर्माण, ९ सय ३५ घरधुरी लाभान्वित हुने गरि तरकारी र अन्नवालीको उन्नत विउ वितरण, पशु तथा पशु स्वास्थ्य सुधार ल्याउनलाई ६६ वटा भकारो सुधार, १२ सय सुधारिएको चुलो निर्माण, तारजालीको प्रययोगवाट भुक्षय, नदी कटान तथा पहिरो नियन्त्रण गरि एक सय ४२ घरधुरी लाभान्वित भएको वताए । जलवायु परिवर्तन अनुकुलनमा सघाउ पुग्ने गरि ७ वटा जलवायु परिवर्तन अनुकुलन कोष र २३ वटा घुम्ती कोष स्थापना गरिएको जानकारी दिए । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जनसंख्या तथा वातावरण मन्त्रालयले वेलायती अन्तराष्ट्रिय विकास विभाग र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयोजना हो । जलवायु परिवर्तन नीति २०६७ को कार्यन्वयनको लागि सञ्चालित आयोजना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण