महिला मोटरसाइकल रेसिङ प्रतियोगिता सम्पन्न
काठमाडौं–नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को संयोजन र नेपाल मोटरसाइकल फेडेरेशनको व्यवस्थापनमा नेपालकै पहिलो महिला मोटरसाइकल रेसिङ्ग च्याम्पियनसिप (रेसनारी) सम्पन्न भएको छ । सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिषरको कम्पाउण्डमा सम्पन्न सो च्याम्पियनसिपमा मोटरसाइकल रेसिङ्ग संग सम्बन्धित विभिन्न विद्या समावेश गरिएको थियो । जस मध्ये १२५ सि.सि बाइकका ट्रयाक रेसिङ्ग प्रमुख प्रतिश्पर्धा हो । जसमा दिक्षा श्रेष्ठ प्रथम, आर्जु सिंह ठकुरी द्घितिय र दिपा श्रेष्ठ तृतिय भए । जुन प्रतिश्पर्धा अत्यन्तै चुनौति पूर्ण र रोमान्चक थियो । त्यसैगरि मोटरसाइकल स्पोर्टसको नयाँ विद्या जिमखानामा वर्षा बस्नेत प्रथम, दिक्षा श्रेष्ठ द्घितिय र निता डि.सि तृतिय भए । त्यस्तै स्लो राइडिङ्ग प्रतिस्पर्धामा आर्जु सिंह ठकुरी प्रथम, लिन्डा बतास द्घितिय र निता डि.सि तृतिय भए । सभासद पेम्बा लामाले उदघाटन गरेको सो प्रतियोगिताका विजेताहरुलाई नासाका अध्यक्ष दशरथ रिसाल, अटोमेकानिक्स व्यवसायि महासंघका महासचिव ठाकुर प्रसाद न्यौपाने, नाडाका कार्यसमितिका सदस्य प्रदिप मान प्रधान तथा नेपाल मोटरसाइकल फेडेरेसनका अध्यक्ष सिताराम न्यौपाने लगायतले सिन्ड, मेडल तथा विभिन्न पुरस्कारहरु प्रदान गरे । रेसिङ्ग च्याम्पियनसिपका विजेताहरुलाई वैदेशिक तालिमको अवसर प्रदान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण