बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारतविरुद्ध आन्दोलन गर्ने चेतावनी

आइतबार, ०९ फागुन २०७२, ११ : ३६
आइतबार, ०९ फागुन २०७२

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध विद्यार्थी संगठनहरुको मोर्चा संयुक्त मधेशी विद्यार्थी मोर्चाले भारत सरकारविरुद्ध कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भारतको नयाँदिल्लीस्थित युनाइटेड मधेशीज अफ नेपाल एसोसियसनले कालो झण्डा देखाउँदा शुक्रबार साँझ मधेशी युवाहरुलाई दिल्ली प्रहरीले पक्राउ गरेको थियो । ‘भारत जस्तो लोकतान्त्रिक राज्यमा उपेक्षित र उत्पीडनमा परेका विद्यार्थीहरुले आफ्नै राष्ट्रको सम्मानीय प्रधानमन्त्रीको विरुद्धमा कालो झण्डा देखाउँदा भारतीय प्रहरीले गरेको गिरफ्तारीप्रति संयुक्त मधेशी विद्यार्थी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको’ विद्यार्थी मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ । यस्ता निन्दनीय कार्य रोकी अविलम्ब रिहाईको माग मधेशी विद्यार्थी मोर्चाले माग गरेको छ । संयुक्त मधेशी विद्यार्थी मोर्चामा आबद्ध तराई–मधेश विद्यार्थी फ्रन्टका महासचिव मनिष मिश्र, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्टका अध्यक्ष जेपी यादव, संघीय समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, विद्यार्थी मञ्चका सहअध्यक्ष पन्नालाल यादव, समाजवादी विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष पंकज देव र संघीय विद्यार्थी मञ्चका उपाध्यक्ष उमाशंकर यादवले संयुक्त रुपमा हस्ताक्षर गरी प्रेषित गरेको विज्ञप्तिमार्फत पक्राउ परेका युवाहरुलाई रिहाईको माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप