बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सबै सुतेको मौका छोपी आत्महत्या

आइतबार, ०९ फागुन २०७२, ११ : ५४
आइतबार, ०९ फागुन २०७२

महोत्तरी– महोत्तरीको गौशालामा एकजना युवकले आज बिहान पासो लगाएर आत्महत्या गरेका छन् । गौशाला नगरपालिका–५ का ३५ वर्षीय मानबहादुर आलेले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

बिहान सबैजना सुतेको मौका छोपी आलेले पासो लगाएर आत्महत्या गरेको निजका बुबा एकाबहादुर आलेले बताउनुभयो । करिब छ महिना पहिले मलेसियाबाट फर्केका उनी गाउँमै कामकाज गर्दै आएका थिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए ।

मृतक आलेका तीनवटा छोराछोरी रहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप