बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र मदारबाबा मेला

आइतबार, ०९ फागुन २०७२, ११ : ५९
आइतबार, ०९ फागुन २०७२

नवलपरासी– मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको मदारबाबा मेला नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने भएको छ ।

मदारबाबाको मुख्यस्थल कुडिया रूपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र दुम्कीबास डाँडाँमा रहिआएको छ ।

मदारबाबास्थल क्षेत्रमा मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल मदरशाहा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताए ।

अधिकांश भारतीय मूलका दर्शनार्थी आउने सो मेलामा बाबाको स्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक आस्था र विश्वास रहेको छ ।

पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि मात्र पुगिने मेलामा जान पहाडी सडक हुँदा निकै कठिन परिश्रमबाट मात्र मदारबाबा पुग्न सकिन्छ ।

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ ।

मेलामा मदारबाबासँग आस्था राख्ने मुस्लिम, हिन्दू, बुद्धिष्ट, क्रिश्चियनलगायतका विभिन्न समुदायका तीर्थालु आउने अपेक्षा गरिएको छ ।

मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने, विभिन्न दुःखबाट पीडित व्यक्तिहरू निको हुने आस्था र विश्वास रहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप