बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मुलुक विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने

आइतबार, ०९ फागुन २०७२, १२ : ०४
आइतबार, ०९ फागुन २०७२

लहान– सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ सप्तरीले आज बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले भने“ असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरू देश विखण्डन गर्न खोज्दै छन्, तर राज्य त्यस्तो तत्वहरुमाथि कारबाही गर्न पछि पर्दैन ।”

सीमाङ्कनको विषय टुङ्गो लगाउन हालै गठित उच्चस्तरीय संयन्त्रको संयुक्त लोकतान्त्रिक मोर्चाले विरोध गर्न उचित नभएको जिकिर गर्दै एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य समेत रहेका न्त्री यादवले मोर्चाका नेतालाई संयन्त्रमा सहभागी हुन आग्रह गरे । मन्त्रालयद्वारा सञ्चालित समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम र जलउत्पन्न तथा नदी नियन्त्रण लगायत कार्यक्रम निरीक्षण गर्ने क्रममा गृह जिल्ला सप्तरी आइपुग्नुभएका मन्त्री यादवले नदी नियन्त्रणको कामसँगै सडक निर्माणलाई पनि प्राथमिकता दिइने बताए । खाँडो, बलान र पश्चिम राप्ती नदी नियन्त्रणका लागि भारतलाई प्रस्ताव गरिसकिएको जानकारी दिँदै उनले सप्तरीको बेल्ही भन्सार अगाडि भारतको कुनौली जोड्ने पुल निर्माणका लागि पनि आफूले भारतीय पक्षसँग प्रस्ताव गरेको जानकारी दिए ।

सप्तरीमा हालै घोषणा गरिएको सिँचाइयुक्त गाविस र नगरपालिकामा ३६५ दिन नै सिँचाइ रहने हुँदा त्यसका लागि विशेष कार्यक्रम दिन जिल्लास्थित सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप