काँग्रेस गुल्मीको सभापतिमा श्रेष्ठ
आइतबार, ०९ फागुन २०७२, १३ : ०२
काठमाडौं–नेपाली काँग्रेस गुल्मीको सभापतिमा भुवन प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।
अहिले भर्खरै सम्पन्न निर्वाचनमा उनी ५ सय ४६ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी शालिक पन्थीले २ सय ८७ मत प्राप्त गरेका थिए । श्रेष्ठ संस्थापन पक्षका नेता हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा पाँच जनाले प्रतिस्पपर्धा गरेपनि कसैको पनि ५१ प्रतिशत मत आउन नसकेपछि बढी मत ल्याउने श्रेष्ठ र पन्थीविच पुननिर्वाचन भएको थियो । श्रेष्ठ यसअघि काँग्रेसको उपसभापति थिए ।
शनिवार नै भएको निर्वाचनमा समितिको सचिवमा खिलध्वज पन्थी निर्वाचित भएका थिए । कोषाध्यषमा हरी बहादुर केसी निर्वाचित भएका छन् । हरे निर्वाचन क्षेत्रमा ३ जना गरी २७ जनाको अहिले मतगणना भईरहेको सहायक निर्वाचन अधिकृत हरी ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण