‘मिस्टर भर्जिन’मा छुल्ठिमको आइटम डान्स
काठमाडौं । तीन युवाको यौन मनोविज्ञानको कथामा बनेको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । अभिनेत्री छुल्ठिम गुरुङलाई आइटम गीतमा नृत्य गराउदै चलचित्रको छायाँकन सकाइएको हो ।
आइटममा छुल्ठिमसँगै अभिनेता गौरव पहारी र कमलमणि नेपालले समेत कम्मर भाँचेका छन् । करिब १ करोड खर्च गरेर चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।
विशारद बस्नेतले ‘मिस्टर भर्जिन’ निर्देशन गरेका हुन् । चलचित्रमा गौरब पहारी , बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ ।
वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बनेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।
चलचित्र २०७५ सालको बैशाखको अन्तिम साता प्रर्दशनमा ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण