प्रदीप र जसिताको रोमान्स युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडौं – पछिल्लो समयका स्टार प्रदीप खड्काको गीत तथा चलचित्रले थोरै समयमा दर्शक धेरै पाउने गरेको छ । यस्तैमा प्रदीप अभिनित चलचित्र ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ’ले पनि धेरै दर्शक पाएको छ ।
आइतबार साँझ सार्वजनिक यो गीतले छोटो समयमा धेरै दर्शक पाउदै युट्युव ट्रेन्डिङमा पहिलो स्थानमा आउन सफल भएको छ । रिलिजको झण्डै ४० नबित्दै गीतले युट्युबमा आफुलाई शिर्ष स्थानमा उभ्याउन सफल भएको हो । करिब ७ लाख दर्शक रहेको यो गीतले १३ हजार समेत लाइक पाउन सफल भएको छ ।
भिडियोलाई अधिकांशले उत्कृष्ट भन्दै छायाँकन स्थल र छायाँकन शैलीको तारिफ गरेका छन् ।
गीतमा अभिनेता प्रदीप र नव नायिका जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । सुदीप बरालको छायाँकन रहेको गीत कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको हो । प्रताप दास र मेलिना राईले स्वर दिएको गीतमा एलिस कार्कीले संगीत दिएका छन् । गीतमा शब्द राजेश कुमार श्रेष्ठको रहेको छ ।
चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतको पनि अभिनय छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्र गोबिन्द शाही र सुदीप खड्काले निर्देशक मिलनसँगको सहकार्यमा बनाएका हुन् ।
१४ बैशाख रिलिज मिति तोकिएको चलचित्र कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायाँकन गरिएको छ । चलचित्र मिलन चाम्सले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण