आयुर्वेद चिकित्सामा ६ प्राकृतिक एन्टिबायोटिक
सामान्यतया धेरैजसो मानिस एन्टिबायोटिक शब्दसँग परिचित छन् । तर, यो परिचय नामसँग मात्रै सीमित रहेको पाइन्छ । यस्तो हुनुको मुख्य कारण भनेको सानो चोटपटकदेखि ठूलो रोगसम्म पनि एन्टिबायोटिकको सहज प्रयोग हुनु हो । बजारमा विभिन्न रसायनिक एन्टिबायोटिक पाइन्छन्, जसको प्रयोगले शरीरमा थुप्रै ‘साइड इफेक्ट’ देखापर्छन् । तर, धेरैजसोलाई थाहा नहुने भनेको यो हो कि हामीले दैनिक प्रयोग गर्ने खाद्य पदार्थ वा वरिपरि रहेको बोटबिरुवामा पनि एन्टिबायोटिक गुण हुन्छ । जुन स्वास्थ्यका लागि निकै प्रभावकारी हुन्छ ।
के हो प्राकृतिक एन्टिबायोटिक ? एन्टिबायोटिक दुई लेटिन शब्दले बनेको छ । एन्टि (विपरीत) र बायोटिक (जीवन) अर्थात् परमाणु जीवनको विपरीत हुनुलाई एन्टिबायोटिक भनिन्छ । प्रकृतिमा पाइने द्रव्य जसले कीटाणु मार्न सहयोग गर्छ । त्यो द्रव्यलाई नै प्राकृतिक एन्टिबायोटिक भनिन्छ । प्रकृतिले मानव जीवनका लागि विभिन्न एन्टिबायोटिक सिर्जना गरेको छ । केही प्राकृतिक एन्टिबायोटिक : (१) अदुवा आयुर्वेदशास्त्रअनुसार अदुवाले धेरै रोगलाई फाइदा गर्छ । त्यसैले होला यसलाई ‘द युनिभर्सल मेडिसिन’ नामको उपाधिसमेत दिइएको छ । यो एन्टिमाइबायल (ब्याक्टेरिया, भाइरस, फुँगी, प्यारासाइट) लाई मार्नुका साथै एन्टिफ्लामेटरी पनि हुन्छ । यसले शरीरमा उष्णता प्रदान गरी कीटाणु नाश गर्ने काम गर्छ । (२) हल्दी/बेसार यो उष्ण र तीतो हुन्छ । यसले त्रिदोषलाई साम्य अवस्थामा राख्नुका साथै आमाशयमा भएका ब्याक्टेरियालाई मार्ने काम गर्छ । यसले रगत सफा राख्नुका साथै नयाँ रगत निर्माणमा समेत सहयोग पुर्याएको हुन्छ । (३) लसुन यो द्रव्यले सबै इन्फेक्सनमा टेवा पुर्याउँछ । यसमा ब्रोड एसपेक्ट्रम एन्टिबायोटिक गुण पाइन्छ । यसले ब्याक्टेरियालाई मात्र नभई भाइरसद्वारा लाग्ने रुघाखोकी निको पार्न सहयोग पुर्याउँछ । यस्तो गुण आधुनिक एन्टिबायोटिकमा पाइँदैन ।
(४) निम यसको उपयोगिताबारे आयुर्वेदमा निकै चर्चा गरिएको छ । यसको सबै अंग द्रव्यका लागि प्रयोग हुन्छन् । यसको बीउ र तेल एन्टिबायोटिक्स गुणका लागि मुख्य मानिन्छ । यसमा एन्टिब्याक्टेरियल, एन्टिफंगल, एन्टिइन्फ्लामेटरी, एन्टिप्यारासाइटिक साथै एन्टिक्यान्सर गुण भएको हुन्छ । यो छाला र मुखको संक्रमणका लागि उपयोगी मानिन्छ । (५) तुल्सी यसलाई ‘क्वीन अफ हब्र्स’ पनि भनिन्छ । यसले वातावरणलाई स्वच्छ राख्ने गर्छ । यसमा पनि ब्याक्टेरिया, भाइरस, पारासाइट्स र फुँगीसँग लड्ने क्षमता रहेको हुन्छ । यसले शरीरको ओज बढाउन सहयोग पुर्याएको हुन्छ । यो प्रायः श्वासप्रश्वाससम्बन्धी रोगमा बढी उपयोगी हुन्छ ।
(६) अमला अमलामा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ सँग ब्याक्टेरियालाई मार्ने क्षमता हुन्छ । यसलाई ओज बढाउने सबैभन्दा राम्रो द्रव्य मानिन्छ । यसैगरी, ल्वाङ, अंगुर, महमा पनि एन्टिबायोटिक गुण पाइन्छन् । पूर्ण प्राकृतिक र ‘साइड इफेक्ट’रहित भएकाले यी द्रव्यको उचित मात्रामा प्रयोग गर्नु लाभदायक हुन्छ । (लेखक, आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर काठमाडौँमा आयुर्वेद चिकित्साविज्ञान तेस्रो वर्षमा अध्ययनरत छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
-
रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सिमखोलाको बाढीमा स्कुटीसहित चालक बेपत्ता
-
‘सरकारले नै मिडिया हाउसअगाडि गाडी पार्किङ गरेर साङ्केतिक विरोध गर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण