सिमखोलाको बाढीमा स्कुटीसहित चालक बेपत्ता
सारांश
- मकवानपुरको सिमखोलामा सोमबार एक स्कुटी चालक बाढीमा बेपत्ता भएका छन्।
- आकस्मिक रूपमा आएको बाढीले स्कुटीसहित चालकलाई बगाएपछि सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको छ।
- बेपत्ता व्यक्तिको परिचय अझै खुल्न नसकेको र तीव्र बहावका कारण खोजी कार्यमा कठिनाइ भइरहेको छ।
मकवानपुर। लगातारको वर्षापछि मकवानपुरका खोलानालामा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार एक स्कुटी चालक बाढीमा बेपत्ता भएका छन्।
सोमबार आकस्मिक रूपमा आएको बाढीले स्वकुटीसहित चालकलाई बगाएपछि सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजेतिर कुलेखानी ड्याम नजिक रहेको सिमखोला तर्ने क्रममा स्वकुटीसहित चालक बाढीमा बगेका हुन् ।
घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार बेपत्ता भएका व्यक्तिको परिचय अझै खुल्न सकेको छैन । स्कुटीको नम्बर तथा चालक कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरणसमेत यकिन हुन बाँकी रहेको उनले जानकारी दिए ।
‘एक जनाले चलाएको स्कुटी बाढीले बगाएको भन्ने सूचना आएको छ। तर बेपत्ता भएका व्यक्ति को हुन्, स्कुटीको नम्बर के हो र कहाँ जाँदै थिए भन्ने विवरण अझै खुल्न सकेको छैन । खोजी कार्य जारी छ,’ उनले भने ।
प्रहरीका अनुसार प्रारम्भिक सूचनाअनुसार बेपत्ता भएका व्यक्ति पुरुष हुन्। घटनापछि सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाले पनि खोलाको विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन् । तीव्र बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
लगातारको वर्षाले मकवानपुरका अधिकांश खोलानालामा पानीको बहाव उल्लेखनीय रूपमा बढेको छ। मौसमविद्हरूले अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानाला तर्ने प्रयास नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि अनावश्यक यात्रा नगर्न, बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा सचेत रहन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न सर्वसाधारणसँग अपिल गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण