बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जसले गरे आफैँलाई कारबाही

शुक्रबार, ३१ वैशाख २०७३, १९ : ३३
शुक्रबार, ३१ वैशाख २०७३
[caption id="attachment_49905" align="alignleft" width="840"] कारवाहीमा परेका प्रअ महतो र प्रचार्य यादव । तस्वीर : राजकरण[/caption]

बर्दिबास–मानिसले जतिसुकै ठूलो गल्ति गरेपनि आफैँले आफैलाई कारवाही गर्दैनन् । बरु आफूले गरेको गल्ति लुकाउँछन् । कानुन मिच्छन् । आफूलाई बचाउ गर्न अरुलाई कारवाहीको भागिदार बनाउँछन् ।

तर, महोत्तरी पशुपतिनगर–२ मा रहेको पशुपतिनाथ बनरझुल्ला उच्च माविका प्रधानाध्यापक (हेर्डमास्टर) तेजीलाल महतोले शुक्रबार आफैँले आफैँलाई कारवाही गरेर नयाँ उदाहरण पेश गरेका छन् ।

विद्यालयमा उपस्थित हुने समयभन्दा तीन मिनेट ढिलो प्रअ महतो उनीसहित अन्य दुई शिक्षक विद्यालय पुगेका थिए । पानी परेका कारण समयमा कार्यक्षेत्र पुग्न नसकेका प्रअ महतोसहित अंग्रेजी बिषयका शिक्षक इन्द्रदेव यादव, लेखापाल अशोककुमार यादवले हाजिरी नगरेर नैतिकताको आधारमा अपरझट विदा लिएका थिए । उनी इन्द्रदेव उच्च माविका प्रचार्य समेत हुन् ।

वर्षमा ६ वटा अपरझट बिदा पाइने व्यवस्था रहेको विद्यालय प्रशासनले जनाएको छ । अहिले बिहानी कक्षा भएकोले बिहान ६ बजेर १५ मिनेट भित्रमा विद्यालयका शिक्षकहरु विद्यालयमा अनिवार्य रुपमा आइसक्नुपर्ने नियम छ । तर, प्रअ र अन्य दुई शिक्षक शुक्रबार बिहान ६ बजेर १८ मिनेट पुग्दा विद्यालय पुगेका थिए । उनीहरुले अपरझट बिदालिएर पनि प्रअ महतोसहित अन्य शिक्षकले अन्य दिन झैँ पठन–पाठनमा सहभागि भएका थिए ।

नयाँ शैक्षिक सत्रदेखि २०७३ को सुरुदेखि नै विद्यालयको शिक्षण क्रियाकलाप थप व्यवस्थित बनाउन २०७२ वैशाख १२ गते बसेको विद्यालयको शिक्षक कर्मचारीहरुको बैठकबाट समयमा उपस्थित हुने र विद्यालयको दैनिक कक्षा समापन हुने तालिकासम्म बस्नुपर्ने विद्यालय प्रशासनले निर्णय लिएका थिए ।

सोही निर्णयलाई प्रअ महतोले आफैँबाट पहिलो पटक लागु गरेर कानुन सबैको लागि बराबर हुन्छ भन्ने कुरालाई उदाहरण पेश गरेका उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप