बलिउड नायिका सोनाक्षीले भनिन्, ‘टुँडिखेल आउनु है !’
काठमाडौं– सोनाक्षी सिन्हाले सामाजिक संजाल ट्विटमा नेपाली दर्शकलाई टुँडिखेलमा हुने कन्सर्टमा सहभागि हुन आग्रह गरेकी छन् ।
श्रीमती सैनिक संघको आयोजनामा आज हुने ‘अमरपन्छी’ नाम दिइएको टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन शुक्रवार बलिउड नायिका सोनाक्षी र मलाईका अरोरा काठमाडौं आइपुगेका हुन् ।
उक्त कार्यक्रममा सोनाक्षी र मलाइकासँगै नेपालका चर्चित एक्ट्रेसहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्कीसँगै गायिका इन्दिरा जोशीले पनि आ–आफ्नो प्रस्तुति देखाउने छन् ।
नेपालले भूकम्पको सामना गरेको पनि एक वर्ष पुरा भैसकेको छ । अझै पनि पुनर्निर्माणका कार्य जारी नै छन् तर पनि थुप्रै पिडित छन् जसले सहयोग पाएका छैनन् । यस्तैलाई सहयोग गर्न अमरपन्छी नाम दिई यो कार्यक्र गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । उनीहरु दुबै जनाको नेपाल भ्रमण पहिलो हो ।
Nepal!! See u tomorrow, 14 May at Tudikhel. #AmarPanchhi – Rising from the ashes. Lets dance #TogetherforNepal pic.twitter.com/lsieieUyfw
— Sonakshi Sinha (@sonakshisinha) May 13, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण