अपराधको सजाय काट्दाकाट्दै बस्यो मायाप्रेम, जेलमै विवाह !
ओखलढुंगा– जिल्ला कारागार ओखलढुंगामा दुई कैदीबन्दीबीच बिबाह भएको छ । जर्बजस्ती करणी अन्तरगतको सजाय भोगिरहेका ओखलढुंगा ठुलाछापका प्रकाश कट्वाल र कर्तव्य ज्यान अपराध अन्तरगतको सजाय भोगी केहि दिन अघिमात्र रिहा भएका ओखलढुंगा कटुन्जेका धनुकी कार्कीबीच बिवाह भएको हो । उनीहरुबीच ६ बर्षदेखीको प्रेम सम्बन्ध रहेको र सोही सम्बन्धलाई बिबाहमा परिणत गरिएको बताईएको छ । उनीहरुबीचमा विवाहको कुरा चलिरहेको थाहा पाएपछि सम्बन्धलाई औपचारिकता दिइएको जिल्ला कारागार ओखलढुंगाका जेलर जानुका न्यौपानेले बताइन् । उनीहरु दुईबीच राजिखुशी भएकाले बिबाह गरिदिएको जेलर न्यौपानेको भनाई छ । कर्तव्य ज्यान अपराधमा १० बर्षे जेल जीबन बिताई गणतन्त्र दिवसका दिन आममाफि पाएकी धनुकीले आफुहरुको प्रेम बिबाहमा परिणत भएको भन्दै खुसी ब्यक्त गरिन् । बिबाहमा सहभागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले पनि मानिस सामाजिक प्राणि भएकाले उनीहरुको लेखान्त अनुसार बिबाह भएको बताए । बिबाहमा प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाह, बेहुली तथा बेहुला पक्षाका अफन्तजन ,कैदीवन्दी, सुरक्षाकर्मी, जेलप्रशासनका कर्मचारी र पत्रकारहरुको सहभागीता रहको थियो भने उनीहरुले बेहुला बेहुलीलाई आशिर्बाद दिएका थिए । बेहुला प्रकाश कट्वाल जर्बजस्ती करणी अन्र्तगतको मुद्धामा २०६४ साल देखि जेल जीवन बिताइरहेका छन् । उनको रिहाई हुन २ बर्ष बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण