देवनिया खोलाको मसानघाटमा झोलुङ्गेपुल
झापा–झापा गरामनी–२ बाह्रघरेकी ७० वर्षीया भीमा विष्ट असाध्यै खुसी हुनुहुन्छ । कारण हो– घर नजिकै देवनिया खोला मसानघाटमा झोलुङ्गे पुल बन्नु ।
पहाडमा मात्र देखेका तर ‘तराईमा पनि झोलुङ्गेपुल हुन्छ र ?’ भन्ने सोच्नुभएका स्थानीयवासी वीरबहादुर श्रेष्ठ पनि घर नजिकै झोलुङ्गेपुल पाउँदा दङ्ग छन्। उनी त्यो पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि छन् । ‘मसानघाट झोलुङ्गपुल’ नाम दिइएको पुलको लम्बाइ १०५ मिटर छ ।
नेपाल सरकारद्वारा सञ्चालित झोलुङ्गेपुल कार्यक्रमअन्तर्गत जिविस झापामार्फत सो पुल निर्माण भएको हो । पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पु¥याएको छ । पुल निर्माणको लागत रु ४६ लाख ७७ हजार ७९१ रुपैयाँ ७५ पैसा रहेको सहारा नेपालका झोलुङ्गेपुल कार्यक्रम संयोजक लीला नेपालले जानकारी दिए ।
पुल निर्माणसँगै स्थानीय २०० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरुलाई चन्द्रगढ हुँदै चन्द्रगढी जान सजिलो भएको छ । यसअघि खोलामा डुब्ने जोखिम, कि त चन्द्रगढी मुख्य सडकको देउनिया पुलतिर घुमेर जानुपर्ने बाध्यता थियो । पुल निर्माणमा विविध पक्षमा ट्रेलब्रिज सपोर्ट युनिट÷हेल्भेटासले पनि सहयोग पु¥याएको बताइएको छ ।
पुलको दुवैतर्फ पिलर खडा भए पनि पुल लगाउने काम लामो समयदेखि बाँकी नै थियो । झोलुङ्गेपुल इरेक्सन तालिममा सहभागी सात जिल्लाका २३ जना ‘ब्रिज फिटर’ले १० दिनमा उक्त पुल तयार गरेका हुन् ।
तालिममा झापा, मोरङ, सुनसरी, सप्तरी, पर्सा, धनुषा र रौतहटबाट सहभागी रहेका थिए । स्वाप सहजीकरण व्यवस्थापक तथा टिबिएसयू÷हेल्भेटासका इन्जिनियर सोनुकुमार साह र लाल झाले झोलुङ्गेपुलको महत्वबारे प्रस्ट्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण