डोटीमा हँसिया प्रहार गरी एकको हत्या
बिहीबार, २० जेठ २०७३, ०९ : ५७
डोटी– डोटीको महादेबस्थान गाविसमा एक जनाको हँसिया प्रहार गरी हत्या गरिएको छ । महादेवस्थान गाविस–८ स्याउलेका २४ वर्षीय रणबहादुर रोकायाको सोही ठाउँका भिमबहादुर रोकायाले हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
हिजो बिहान मृतक घरमा पुगेका भिमबहादृुरले सामान्य विवाद भएपछि घरबाट हँसिया ल्यायर रणबहादुरको हत्या गरेका हुन् । धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भएका रोकायाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
हत्या गर्ने भिमबहादुर रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा राखेको छ । मृतकको शव जिल्ला अस्पताल डोटीमा पोष्टमार्टमका निम्ति राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण