तमलोपाको प्रथम महाधिवेशन नवलपरासीमा
नवलपरासी– असारको पहिलो साता नवलपरासीमा हुने तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयारी तीव्रगतिमा अघि बढाइएको छ ।
नवलपरासीमा कुनै पनि राजनीतिक दलको यो पहिलो राष्ट्रिय महाधिवेशन हुन लागेको हो । महाधिवेशन सफल पार्न पार्टीका सबै क्षेत्रका सरोकारवालालाई परिचालन गरी तयारी तीव्र पारिएको पार्टीले जनाएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६, ७ र ८ गते नवलपरासीमा गर्दैछ । महाधिवेशनमा देश÷विदेशका नेता प्रतिनिधि आउने भएकाले सभ्य र भव्य रुपमा महाधिवेशन सफल बनाउन कार्यकर्ता परिचालन गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले बताए । महाधिवेशनको उद्घाटन सत्रमा भारतका नेता सलमान खुर्सिद, शरद यादव, सीताराम येचुरी, रघुवंश दास, रामगोपाल यादव लगायतका नेता तथा बेलायत, अमेरिका, बङ्गलादेश गरी विदेशी प्रतिनिधिसमेत आउने पार्टीले जनाएको छ ।
महाधिवेशन सदरमुकाम परासीमा हुनेछ । महाधिवेशन सफल बनाउन सबै कार्य अघि बढाइएको पार्टीले जनाएको छ । महाधिवेशनलाई सफल बनाउन विगत एक महिनाअघि देखि नै पार्टीका वरिष्ठ उपाध्यक्ष त्रिपाठी गृह जिल्ला नवलपरासीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण