हँसिया प्रहारबाट डोटीमा युवकको हत्या
बिहीबार, २० जेठ २०७३, ११ : १२
डोटी–हँसिया प्रहारबाट डोटीमा एक युवकको हत्या गरिएको छ । बुधबार डोटीको महादेवस्थान–८ बस्ने २२ वर्षीय रणबहादुर रोकायाको हत्या भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गाउँमा सामान्य विवाद भएपछि सोही ठाउँ निवासी ३२ वर्षीय भीमबहादुर रोकायाले रणबहादुरमाथि हँसिया प्रहार गर्दा उनको मृत्यु भएको हो । हँसिया प्रहारबाट घाइते भएका रणबहादुरलाई उपचारका निम्ति कोहलपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यारा भीमलाई गाउँलेले छोपी प्रहरीलाई बुझाएका थिए । मृतकको लास जिल्ला अस्पताल डोटीमा शवपरीक्षणका निम्ति राखिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण