च्याउ खाँदा थप १ को मृत्यु, मृतकको संख्या ८ पुग्यो
पाँचथर– जङ्गलबाट टिपेर ल्याएको जङ्गली च्याउ खाँदा गएराति पाँचथरमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निसेस राई रहेका छन् । उनले गत जेठ १८ गते बेलुका जङ्गली च्याउ खाएका थिए ।
जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । योसहित जिल्लामा विषालु च्याउ खाई मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । गत जेठ १० गतेदेखि हाल सम्ममा आठ जनाको मृत्यु भइसकेको छ भने नौ जना बिरामी भएका छन् ।
यसअघि मृत्यु हुनेमा आङना–१ बस्ने वीरेन्द्र माङलाककी छोरी पाँच वर्षीया सोनिका, १३ वर्षीया कबिता माङलाक, श्रीमती पदम माया, सोही ठाउँकै मनकुमारी माङलाकको मृत्यु भइसकेको छ ।
यसैगरी, मृत्यु भएकामा थर्पु–६ बस्ने धनबहादुर मावोकी छोरी ११ वर्षीया एलिजा मावो रहेकी छिन् ।
च्याउ खाएर बिरामी हुनेमा याङनाम–२ बस्ने टीकाराम मगर, राजेश मगर र गणेश मगर रहेका छन् । थर्पु–६ बस्ने पाँच वर्षीय प्रशान्त माबो र आठ वर्षीया सुरजना माबो रहेका छन् भने कुरुम्बा–४ बस्ने देवीकुमार लावती, कल्पना लावती, राजेन्द्र लावती, दीपेश लावती र दिनेश लावती बिरामी भएका थिए ।
च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण