अडिटर्स एशोसिएशनको महाधिवेशन जेठ २२ र २३ गते काठमाडौंमा
काठमाडौं–नेपाल अडिटर्स एशोसिएशन (अडान) को चौथो राष्ट्रिय महाधिवेशन जेठ २२ र २३ गते काठमाडौंमा हुने भएको छ । ‘राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान’ भन्ने नाराका साथ सम्पन्न हुन लागिरहेको चौथो राष्ट्रिय महाधिवेशनवाट नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।
साथै, अधिवेशनले संविधान जारीपछि मुलुकले हासिल गर्न खोजेको आर्थिक समृद्धि र सामाजिक न्यायको सुनिश्चितता र लेखापरीक्षकको भूमिका विषयमा साझा धारणा तय गर्ने जनाएको छ । मुलुकभरका करिव ८ हजार लेखापरीक्षकहरु आवद्ध रहेको अडानले विभिन्न समयमा सरकारलाई आर्थिक समृद्धिका विषयमा समेत सुझाव दिदै आएको छ । यस्तै, त्यस क्षेत्रमा क्रियाशिल रहेकाको हकहित र समयानुकुल पेशागत क्षमता अभिवृद्धिका विषयमा समेत अडान सक्रिय छ । ६५ जिल्लामा संगठन विस्तार गरिसकेको अडानले लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) लाई सम्पूर्ण लेखाव्यवसायी र रजिष्टर्ड अडिटर्स (आरए) हरुको हितमा क्रियाशिल बनाउने प्रयासलाई निरन्तर अघि बढाई रहेको पनि जानकारी दिएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन र आइक्यानमा आरएहरुप्रतिको विभेद हटाउन पनि अडानले माग समेत गर्दै आएको छ । एक व्यक्ति एक पेशा नीति तत्काललाई पर सार्न, लेखापरीक्षण रकम सीमा समयानुकुल वृद्धि, सरल वर्गवृद्धि, क्षमतावान आरएहरुलाई चार्टर्ड एकाउण्टेन्सी (सिए) प्रवेश, क्षमता एवम् गुणस्तरीयता अभिवृद्धि, आइक्यान परिषदमा आरएहरुको संख्या र भूमिका वृद्धिलगायतका २२ सुत्रीय मांग पनि यसअघि अडानले उठाएको थियो । यस पटक अधिवेशनवाट यी विषयमा समेत थप छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण