‘परदेशीको खबर’ मा विदेश पीडा (भिडियो सहित)
काठमाडौं– ‘परदेशीको खबर सुनाइदिनू राम्रै छ भनेर मनको साथी मुटुमा राखी बाँच्दै छु सम्झेर.... गीतकार भूपेन्द्रजंग राईको शब्दमा सजिएको गीत ‘परदेशीको खबर’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीक्रममा मकाउमा रहेका राईले परदेशको भोगाइले आफूलाई गीतकारका रूपमा परिचित गराएको बताए । उनले विगत सम्झँदै भने, ‘एक समय यस्तो थियो, जुनबेला गाउँमा छोरीले हलो जोत्नुहुँदैन, घरको धुरी चढ्नुहुँदैन । बाहिर बोल्दा जोगिनुपर्छ । स्कुल पढे बोक्सी हुन्छ ।’ यस्तै सुनेका उनी वैदेशिक रोजगारीमा जब मकाउ पुगे, त्यहाँ उनले सुनेको समाज थिएन । त्यहाँ न छोरी, न छोरा काममा कुनै भेदभाव देखेनन् । त्योभन्दा अगाडि पाँच वर्ष अपगानिस्तान बस्दासमेत उनलाई यो विषयमा राम्रै अनुभूति भएको थियो । गीतकार राईले त्यहाँ पुरुषसरह नेपालबाट सबै काम गर्ने हिम्मतसाथ महिलासमेत धमाधम वैदेशिक रोजगारी आएका विदेशमै देखे । उनलाई पीडाले झन् पोल्न थाल्यो । उनले भेटेका महिला धेरै विवाहित थिए । छोराछोरीको पढाइ खर्चलगायत परिवारको व्यवस्थापन जोहो गर्न आएको उनले जब थाहा पाए अनि उनको मनले भावना ओकल्यो ‘परदेशीको खबर’ । खोटाङको साउनेचौरमा जन्मेका उनी सानै उमेरदेखि गीत, कविता कोर्न रुचाउँथे । १० वर्षदेखि उनी वैदेशिक रोजगारीक्रममा मुलुकबाहिर छन् । उनले भोगेको पीडा, देखेको संसार र मनमा उब्जेका भावनाको समिश्रण गरेर उनले लेखेको गीत हो ‘परदेशीको खबर’ जुन उनको ‘सन्देश’ गीतिएल्बममा रहने भएको छ । उनले आफूले भोगेको मनोदशालाई गीतमा वर्णन गरेका छन् । भावनामा नेपाल र भौतिक शरीर श्रमका लागि समर्पित बिरानो मुलुकमा बचाएर राखेको कठोर आत्मिक अभिव्यक्ति रहेको छ गीतकार भूपेन्द्रको गीतको शब्दमा । माया र प्रेममा रंग होला तर निश्चल सन्तानको माया र आफ्ना लालाबालाका लागि बिदेसिएका ती महिला दिदीबहिनीका लागि समर्पित छ उनको गीत । उनले मकाउबाट टेलिफोनमा सुनाए, ‘दिन बित्दै छ पसिना घामले रातभरि घरको याद, खाए खाएनन् ? बचेरा ज्यानले खुसीको दाल र भात ।’ भक्कानिएको भावमा गीतको शब्द सुनाउँदै उनले गीतिगेडामै भने, ‘उनैलाई खुसी दिउँकी भनी आएँ घर छोडेर, मनको साथी मनमा राखी बाँच्दै छु सम्झेर ।’ उनको यो शब्द यथार्थको नजिक रहेको यसै गीतका संगीतकार डक्टर किरातले सुनाए । त्यसो त गीतको शब्दभाव जस्तै गायिका शिला राई पनि उत्तिकै मिहिनेतसाथ स्वर दिएकी छन् । मैले अहिलेसम्म जति गीत गाएँ तर यो गीत निकै राम्रो भएको उनले बताइन् ।
भिडियो
https://www.youtube.com/watch?v=TwHKrdnZlUAखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण