एक महिना अगाडि विवाह गरेका शिक्षकले गरे आत्महत्या
बिहीबार, २० जेठ २०७३, १२ : १०
सप्तरी – सप्तरीको राजविराज–४ स्थित सर्वोदय (पोखरेल) टोलमा आज एक जना शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा जिल्लाको हनुमाननगर योगिनी माई नगरपालिका–८ निवासी २८ वर्षीय रामकुमार कामैत रहेको प्रहरीले जनाएको छ । मृतक कामैत राजविराज–५ स्थित रुपनी रोडमा रहेको प्रिमियर बोर्डिङ स्कुलका शिक्षक हुन् । उनी वडा नं ४ मा डेरा गरी बस्दै आएका थिए । कोठामा पङ्खामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको एक महिना अगाडि विवाह भएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण