क्याबिनेट बैठकमा माओवादीका एकमात्रै मन्त्री !
काठमाडौं– मन्त्रिपरिषद्को बिहिबारको बैठकमा माओवादी केन्द्रका एकजना मात्रै मन्त्री सहभागि भएका छन् ।
[caption id="attachment_8875" align="alignleft" width="800"] file photo[/caption]माओवादीबाट केपी ओली नेतृत्वको सरकारमा ८ जना मन्त्री रहेको भएपनि सो पार्टीबाट एकजना मन्त्रीमात्रै सहभागि भएका हुन् । बैठकमा सिंचाईमन्त्री उमेश यादवको मात्रै सहभागिता रहेको थियो । मन्त्रिपरिषद्को बैठक र माओवादी केन्द्रको बैठक एकै समय हुन पुगेकाले एक मन्त्रिपरिषद् बैठकमा एकजना मन्त्रीमात्रै सहभागि भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
यस्तै सुचना तथा सञ्चारमन्त्री शेरधन राईले पनि माओवादीको पनि बैठक भएकाले सो पार्टीको तर्फबाट एकजना मन्त्रीमात्रै सहभागि भएको बताए । सरकारका प्रवक्ता समेत रहेका उनले आजको बैठकमा एमाओवादी मन्त्री एकजनाको मात्रै सहभागिता हुनुमा अन्यथा सोच्न नहुनेमा जोड दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले सामाजिक सुरक्षा विकास समितिको कार्यकायरी निर्देशकमा तत्कालको लागि डा गुणराज लोहनीलाई नियुक्त गरिएको राईले जानकारी दिए । समितिको कार्यकारी निर्देशक खुल्ला प्रतियोगितामार्फत तोकिने व्यवस्था भएको र सो प्रक्रिया पूरा गर्न केहि समय लाग्ने भएकाले लोहनीलाई तत्कालका लागि कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण