सरकार परिवर्तनको कुरा जनता सुन्न चाहन्नन्ः बिजुक्छे
भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताएका छन् ।
आज आफ्नै निवास भक्तपुरको कमलबिनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राखे ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उनले यसले विदेशी चलखेल बढ्ने बताए । उनले प्रधानमन्त्री ओलीको नेतृत्वकै सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलसमेत सहभागी भएर अहिलेको सरकारलाई बलियो बनाएर लैजानुपर्ने बताए ।
अध्यक्ष बिजुक्छेले छिटोछिटो सरकार परिवर्तनको खेलले जनतामा राजनीतिप्रति नै वितृष्णा जाग्ने बताउँदै सरकार परिवर्तनका लागि भारतका दूतहरुको चलखेल सुरु भएको दाबी गरे । बिजुक्छेले स्थानीय निकायको निर्वाचन तोकेको मितिमा सम्पन्न गर्न सरकारले संसद्बाट यससम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण