एभरेष्ट बैंकको महेन्द्रनगर र सुख्खड्मा नयाँ शाखा
काठमाडौं– एभरेष्ट बैंकले कन्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खड्मा शाखा स्थापना गरेको छ । अर्ध शहरी तथा दुर्गम स्थानमा आफ्नो शाखा विस्तार गर्दै जाने रणनीति अनुसार यी शाखा स्थापना भएको बैंकले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा महेन्द्रनगर शाखाको समुद्घाटन गरेका हुन् । त्यस्तै सुख्खड् शाखाको समुद्घाटन उद्योग बाणिज्य संघ घोडाघोडीका अध्यक्ष चन्द्रप्रकाश चौलागाई र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरेका थिए ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आर्थिक वर्ष २०६८÷०६९मा ‘वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता’ को सम्मान प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण