माओवादीले बनायो १ हजार ९९ सदस्यीय केन्द्रीय समिति
काठमाडौं– विभिन्न १० माओवादी घटकहरुको एकतापछि बनेको नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । बिहिबार बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकले १ हजार ९९ सदस्यीय आयोजक समिति बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले १ हजार ९९ सदस्यीय आयोजक समिति बनाइएको जानकारी दिँदै १०० जना सदस्य भने नियुक्त गर्न बाँकी रहेको सञ्चारकर्मीहरुलाई जानकारी दिइन् । ‘आयोजक समिति १०९९ सदस्यीय बनाइएको छ। जसमा ९९९ जना नियुक्त भएको र बाँकी ९९ एक सय जनाको नियुक्ति गर्न बाँकी छ’, भुषलले भनिन् । उनले पोलिटब्यूरो २२५ सदस्यीय र सचिवालय ८५ सदस्यीय बनाइएको पनि जानकारी दिइन् । एकतासँगै माओवादी केहि शक्तिशाली बन्ने आंकलनका बीच माओवादी केन्द्र अहिले भागबण्डामै अल्झिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाउन थालेका छन् । तर, प्रवक्ता भुषालले महाधिवेशन आयोजक समितिमा सबैलाई समेट्दा ठूलो हुन पुगेको बताइन् । उनले अब एकीकरणको प्रक्रिया प्रदेश हुँदै तलसम्म जाने बताउँदै सौहर्द र एकताबद्ध रुपमा अघि बढ्ने दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण