सुनसान हुन थाल्यो सगरमाथाको आधार शिविर
सोलुखुम्बु– हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजारौं आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ ।
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो ।
अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने १२ जना कर्मचारी मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिए ।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १६ (मे २९) भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १९ गते (जुन १) भित्र आधार शिविर खाली गरिसक्नुपर्ने सरकारी नियम छ । धेरैजसो आरोही जेठको १४÷१५ गते नै फर्किएका थिए । “सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढन जाने बसुँबसँुजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो” कार्यक्रम संयोजक राईले भने ।
आधार शिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधार शिविर पूर्णरुपमा शून्यतामा परिणत हुनेछ र त्यस आसपासका प्रायजसो होटलसमेत अबको तीन महिनाका लागि बन्द हुन्छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण