७५ वर्षिया बृद्धाको बलात्कार प्रयासपछि हत्या
बिहीबार, २० जेठ २०७३, १७ : ४०
गुल्मी –केहि दिनअघि घरमा मृत अवस्थामा फेला परेकी गुल्मी मुसिकोटकी ७५ वर्षिया बृद्धाको बलात्कारको प्रयास गर्ने क्रममा एक युवाले हत्या गरेको खुलासा भएको छ । वैशाख २४ गतेका दिन मुसिकोट–४ की ७५ वर्षिया बृद्धा कौशिला थापा घरमा मृत फेला परेकी थिईन् । निजलाई उक्त दिन सोही स्थानका २१ व्र्षिय मित्रलाल कामीले वलात्कारको प्रयासका क्रममा खाटबाट तल खसाल्दै टाउकोमा गम्भीर चोट लगाएको र सोही क्रममा हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भोलाबहादुर रावलले जानकारी दिए । उनले मृतक महिलाका छोरा कृष्णबहादुर थापा संग दिनभरी वसेर रक्सी खाएको र छोरा कृष्ण केहि वेर घर देखि वाहिर गएको मौका छोपी उनकी आमालाई वलात्कारको प्रयास गर्ने क्रममा हत्या गरेको निजले स्वीकार गरेको रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण