क्रान्ति जनताको सहभागिताद्वारा मात्र सम्भव छः प्रचण्ड
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्ति जनताको सहभागिताद्वारा मात्र सम्भव भएको बताएका छन् । पार्टीको ३ नं. प्रदेशको भेला–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो दशक फेरी नयाँ क्रान्तिको दशक बन्न सम्भव छ । प्रचण्डले एकता क्रान्ति र आन्दोलनका उपलब्धी र सिंगो राष्ट्र अप्ठेरोमा परेको र यसको सामना गर्ने अभियान भएको बताए । उनले भने, ‘हामी विभाजित भएको जनताले मन पराएका थिएनन् । जनताले एउटा समुहलाई मात्र साथ दिने स्थिति थिएन । विगतमा गल्ती कहाँ कहाँ भएका थिए यसको वस्तुवादी समिक्षा हुन्छ । मैले पार्टी केन्द्रीय समितिको बैठकमा अफैं प्रति निर्मम भई आत्म समिक्षा गरेको थिएँ । भएका कमजारी मुख्य नेतृत्वको हिसावले जिम्मा लिँदै नेतृत्वबाट सच्चाउँदै अगाडि बढ्ने प्रण गरौं । विचारमा विकास गरेर अगाडि बढेपछि नमिलेका सबै कुरा ठीक हुन्छन् । नयाँ विचार, नयाँ रणनीति र कार्यनीतिको खोजीमा हामी एकतामा आएका छौं । यो एकता नेपाली क्रान्तिलाई पूर्णता दिँदै विश्व क्रान्तिलाई सेवा गर्ने उद्देश्यका साथ भएको छ । पार्टी एकताले जनता, सहिद परिवार, वेपत्ता परिवार घाइते योद्धाहरु उत्साहित भएका छन् विश्वभरिका क्रान्तिकारीहरु खुसी छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण