जङ्गली च्याउ खाँदा नौको मृत्यु
बिहीबार, २० जेठ २०७३, १८ : ५१
पाँचथर–जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो ।
सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइसकेको छ । अन्य विभिन्न गाविसका गरी आठ बिरामी उपचाररत छन् । च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण