चावहिल–जोरपाटी–साँखु सडक विस्तार सुरु
काठमाडौँ– काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि केन्द्रबाट दायाँबायाँ दुवैतिर ११/११ मि सडक सीमा चिह्न लगाउने काम सम्पन्न गरेको छ ।
साविकबाट दायाँबायाँ दुवैतिर सडक बढाउन चिह्नबीचका संरचना हटाउन स्थानीयवासीलाई सूचना दिने उद्देश्यले महानगरपालिका एवम् नगरपालिकाले माइकिङ सुरु गरेको प्राधिकरणले जनाएको छ ।
हाल केन्द्रबाट दायाँबायाँ दुवैतिर ९/९ मि रहेको चावहिल–जोरपाटी–साँखु मूल सडकलाई दुवैतिर ११/११ मि बढाई २२ मि को सडक बनाउन लागिएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले राससलाई जानकारी दिए ।
विसं २०४५ माघ १३ गतेको ‘गोरखापत्र’ दैनिकमा तत्कालीन काठमाडौँ उपत्यका नगर विकास कार्यान्वयन समितिले सूचना प्रकाशित गरी केन्द्रबाट दायाँबायाँ दुवैतिर ११/११ मि छोड्न जानकारी गराइएको प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित गरेर जानकारी गराएपनि त्यसबेला कार्यान्वयन भएको थिएन ।
यो सूचना कार्यान्वयन नभएपछि विसं २०४५ देखि नै उपत्यकामा अव्यवस्थित घर थपिएको आयुक्त तिवारीले बताए ।
“सरकारले सडक मापदण्ड विसं २०४५ साउन २९ गते बनाइएको हो । राजमार्ग र चक्रपथमा केन्द्रबाट दायाँबायाा दुवैतिर २५/२५ मि, यसबाहेकका मूल सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतिर ११/११ मि कायम गरेको हो, यही मापदण्डअनुसार अहिले हामी सडक बढाउँदैछौँ”–उनले भने ।
चावहिल–जोरपाटी–साँखु करिब १४ किमी सडकमा चिह्न लगाई स्थानीयवासीलाई संरचना भत्काउन अनुरोध गरिएको छ । संरचना नभएका खाली स्थानमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बाटो बढाउने काम सुरु गरेको छ । सरकारले मापदण्ड तोक्नुअघि निर्माण भएका संरचनाका धनीलाई मुआब्जा दिइने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण