पुरानो बानेश्वरमा भत्काउँदा भत्काउँदै घर ढल्यो, चार घाईते
बिहीबार, २० जेठ २०७३, १९ : ०६
काठमाडौं– राजधानीको पुरानो बानेश्वर र भीमसेना गोलाको बीचमा रहेको पुरानो घर भत्काउने क्रममा एक बटुवासहित चार मजदुर घाईते भएका छन् । मुल सडकसँगै जोडिएको जिवन श्रेष्ठको घर भत्काउने कार्यमा संलग्न रामेछापका शुक्रराज तामाङ, रेशम बलामीमगर र बाबु घिसिङ घाईते भएका हुन् ।
अचानक घर भत्किएपछि बाटो हिँडिरहेका ६५ वर्षीय वृद्ध नगेन्द्र खड्का समेत घाईते भएको प्रहरीले जनाएको छ । खड्का बिजयचोक बस्दै आएका थिए । महानगरीय प्रहरी वृत गौशलाका डिएसपी नवराज कार्कीका अनुसार घाइेतहरुमध्ये रेशम बलामी मगर र बावु घिसिङको सिनामंगलस्थित नोवेल अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै शुक्रराज तामाङ र नगेन्द्र खड्काको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । डोजरले खनेर हेर्दा भवनमा कोही पुरिएको नभेटिएको डिएसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण