ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
बिहीबार, २० जेठ २०७३, १९ : १९
पर्वत– हुवास गाविस–३ हातेमालो चोकबाट त्रिवेणी गाविसको अर्थुङ्गेतर्फ जाँदै गरेको ट्र्याक्टर आज दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
ढुङ्गा बोकेर अर्थुङ्गे जाँदै गरेको ग१त १८२९ नं को ट्र्याक्टर त्रिवेणी गाविस–९ हुलाकेटोलस्थित कच्ची सडकबाट करिब पाँच मि तल खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा उरामपोखरा–५ पर्वतका २१ वर्षीय ट्र्याक्टर चालक वीरबहादुर नेपाली र स्याङ्जा विर्घा गाविस घर भई पर्वतको टकलाक बस्ने २२ वर्षीय सुरज विक रहेका छन् ।
दुर्घटनामा परी हुवास गाविस–३ का निखित गन्धर्व र टकलाक–१ का अर्जुन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि स्याङ्जाको वालिङ पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण