चक्रे मिलन बने इन्टरनेशनल क्योकुशिनकाई करातेको अध्यक्ष
काठमाडौँ – नेपाल इन्टरनेशनल क्योकुशिनकाई करातेँ (आइकेकेएफ) सघंंको पहिलो साधारणसभा तथा निर्वाचनले मिलन गुरुङ ‘चक्रे मिलन’अध्यक्षसहित कुल २२ सदस्ययी कमिटिलाई निर्विरोध चयन गरेको छ ।
पानीपोखरीमा भएको सभाले रामकृष्ण पहारी (आरके पहारी श्रेष्ठ)लाई वरिष्ठ उपाध्यक्ष तथा चार उपाध्यक्षमा राजिव महर्जन, राजेन्द्र प्रजापति, प्रेम बहादुर तामाङ र जीवनभक्त नकर्मीलाई सर्बसम्मत चयन गरेको हो ।
सघंको ४ वर्षे कार्यकालको लागि प्रेमनाथ महर्जन महासचिव, सचिवमा महेन्द्र महर्जन र कोषाध्यक्षमा अजय मानन्धर चयन भएका हुन् । सघंको सदस्यहरुमान श्यामकृष्ण खड्गी, सुर्य लामा, महेश खड्गी, सन्तोष श्रेष्ठ, तिर्थलाल श्रेष्ठ, निर्मलराज गिरी, निमा नोर्बू शेर्पा, राजेन्द्र प्रसाद नेपाल, शम्भू श्रेष्ठ, राजेन्द्र डगोंल, राजेश कुमार क्षेष्ठ, आशिष कुमार श्रेष्ठ र गणेश प्रसाद चौधरी निर्वाचित भएका हुन् ।
सघंका नवनिर्वाचित अध्यक्ष मिलन गुरुङले आगामी ६ महिनाभित्रै राष्ट्रियका साथै अन्र्तर्राष्टिय प्रतियोगिता गराउने बताए । साथै गुरुङले यस करातेँलाई नेपालका विभिन्न क्षेत्रहरुमा विकास तथा विस्तार गर्दै जुनियर स्तरका खेलाडी उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण