‘हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धताको खाँचो’: उपप्रधानमन्त्री मैनाली
बिहीबार, २० जेठ २०७३, २२ : ४१
काठमाडौँ– उपप्रधानमन्त्री सिपी मैनालीले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि दक्षिण एसियाली देशको सामूहिक प्रतिबद्धता हुनुपर्ने बताएका छन् ।
दक्षिण एसियाका क्षेत्रका बालबालिकामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कार्यरत संस्था (साइभाक), महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत दक्षिण एसियाका मानवाधिकारवादी संस्थाको आयोजनामा आज यहाँ भएको ‘बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता’विषयको सार्कस्तरीय गोष्ठीमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री मैनालीले दक्षिण एसियाली क्षेत्रकै मुख्य समस्याका रुपमा रहेको बालविवाह लगायत सामूहिक समस्यासँग जुध्न ऐक्यबद्धताको खाँचो औंल्याए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सामूहिक पहल गर्न गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा सार्कसम्बद्ध आठ राष्ट्रका ७४ मानवअधिकारकर्मी तथा बालअधिकारकर्मीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण